विराटनगरःप्रदेश नम्बर १ को उक्लो महानगर विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागी ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको अनुमानित आय–व्यय विवरण सार्वजनिक गरेको छ ।
महानगरपालिकाको छैठौं नगर सभामा उप–प्रमुख इन्दिरा कार्कीले ३ अर्ब बढीको आयव्यय विवरण सार्वजनिक गरेकी हुन् । अनुमानित बजेट मध्ये महानगरपालिकाले आन्तरिक स्रोतबाट ८९ करोड ८२ लाख १६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० र सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ३८ करोड ७ लाख ६८ हजार प्राप्त गर्ने अनुमान गरेको छ ।
उप–प्रमुख कार्कीले प्रस्तुत गरेको बजेटमा महानगरपालिको प्रशासनिक खर्च तर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षा तर्फ ३६ करोड र ल्याडफिल्डको जग्गा खरिद सहित वातावरण तथा फोहोरमैला व्यवस्थापन तर्फ ११ करोड ४९ हजार ५० हजार रुँपैया बराबरको बजेट विनियोजन गरिएको छ ।
त्यस्तै नगर स्वास्थ्य तर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रम तर्फ ५६ करोड १३ लाख ५ हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुद तर्फ २ करोड ९ लाख २४ हजार र भौतिक पुर्वाधार निमार्ण लगायतका अन्य पुँजीगत खर्च तर्फ १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुँपैया बराबरको बजेट विनियोजन गरिएको उप–प्रमुख कार्कीले जानकारी गराउनुभयो । आर्थिक बर्ष २०७६/०७७ का लागी विराटनगर महानगरपालिकाले भने ५ अर्ब बढीको बजेट ल्याएको ल्याएको थियो । ७६÷७७ को बजेट भन्दा आगामी आर्थिक बर्षको बजेट करिब ३४ प्रतिशत बजेट कम हो ।