खाँदबारीः ग्रामिण पुन निर्माण संस्था(आरआरएन)ले संखुवासभालाई १ हजार २ सय बोरा चामल सयोग हस्तान्तरण गरेको छ । कोरोना भाइरस कोभिट–१९ लाई लक्षित गरि आरआरएनले खाँदबारी नगरपालिका र जिल्ला समन्वय समितिलाई राहत वितरण गर्ने गरि २४ हजार केजी चामल हस्तान्तरण गरेको संस्थाका अध्यक्ष हरी कालधन तामाङले बताए ।
आज खाँदबारी नगरपालिकालाई ३ सय ५० बोरा चामल हस्तान्तर गर्दै संस्थाका अध्यक्ष तामाङ राहत वितरण लागि दिएको चामल लकडाउनका कारण खाद्यन्न अभाव भएका सबैलाई दिन अनुरोध गरे । नागरिकता नभएको तर आद्यन्न अभाव भएको जोकोहीलाई चामल सहयोग दिनु पर्ने उनको भनाई छ । चामल अपुग भए थप चामलको व्यवस्थापन गर्ने संस्थाका अध्यक्ष तामागंले बताए ।

105421460_312914579714749_7094870900455026301_n
संस्थाका अध्यक्ष तामाङ्ले खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडालाई प्रतिबोरा २० केजीको ३ सय ५० बोरा हस्तान्तरण गरेका हुन् । सहयोग लिर्दै नगर प्रमुख खतिवडाले सहयोगी संस्थालाई धन्यवाद दिए ।
आजै आरआरएनले जिल्ला समन्वयलाई पनि ३ सय ५० बोरा चामल हस्तान्तरण गरेको छ । त्यसैगरी खाँदबारी–९ लाई पनि ५ सय बोरा चामल, १० बोरा नुन र ४८ काटन तेल हस्तान्तरण गरेको छ । खाँदबारी–९ दिएको सहयोग मनकामना धाममा रहेको वृद्धाआश्रममा समेत वितरण गरिने वडा अध्यक्ष टिकारम कुमालले जानकारी दिए ।