विराटनगर / प्रधानमन्त्री केपी ओलीले नेपाल भारत बिच भएको असमान सन्धि सच्याउने काम भइरहेको बताएका छन् । प्रदेश एकको संसदमा सम्बोधन गर्दै ओलीले अन्य सरकारका पालामा नाम समेत उच्चारण गर्न हिच्किचाउने काम भइरहेको भन्दै आफ्नो नेतृत्वको पालामा अपमानजनक कुरा रहेका सन्धि सच्याउन विज्ञको टालि लागि परेको जानकार दिएका हुन् ।
नेपाल र भारत बिचको तिक्तापुुर्ण सम्बन्धमा सुधार आएको र दुुइ देश असल छिमेकीको रुपमा रहेको ओलीले बताए । दुुइ देश बिच सिमामा देखिने समस्यालाइ सम्बोधन गर्न भारत पनि तयार रहेको भन्दै व्यक्तिगत समस्यालाइ दुुइ देश बिच जोड्ने र उचाल्ने काम भएकोप्रति सरकार सचेत रहेको बताए ।
ओलीले जनताले चाहे सँविधन सम्बोधन हुने बताएका छन् । संविधान सम्बोधन गर्दा जनता समृद्धि हुन्छन भने सो कुरा कुुनै अनौठो नभएको टिप्पणी गरे ।
अघिल्ला सरकार जस्तो सामान्य कुरामा अल्झिने नभइ विकास र सुसासनको मामलामा सरकार नरोकिने स्पष्ट पारे । उनले नेपालको प्राकृतीक स्रोत र साधनलाइ अधिकतम उपयोग गर्दै समृद्धिको बाटोमा अघि बढ्ने बताए । सरकार अधिनायकवादको बाटोमा अघि नबढ्ने बताउँदै त्यसको मुुल्याँकन जनताले गर्ने दाबि गरे ।
करिब दुुइ घण्टा सम्बोधन गरेका ओलीले तीन तहको सरकार सँचालन गर्दाकेहि समस्या आए पनि त्यसलाइ सहज बनाउने प्रयास गरिने बताए । वकास र ममृद्धितर्फ जोड दिँदै अव विकासका मामलामा पछाडि फर्केर हेर्ने समय नभएको स्पष्ट पारे ।