विराटनगरः प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सदनमा विनियोजन विधेयकमाथि मन्त्रालयको बजेट शीर्षकमा उठेका विषयमा जवाफ दिएका छन् ।

उनले प्रदेश सरकारले कृषि क्षेत्रको लागि छुट्याएको अनुदान सही व्यक्तिले नपाएको भन्दै प्रश्नको जवाफ दिदैंभने,“प्रदेश प्रमुख कृषि नवप्रवद्र्धन कार्यक्रमको १२ करोड समानुपातिक हिसाबले खर्च होस भनि कुरा उठेका छ ।

सरकारले यसमा ध्यान दिनेछ ।” उनले कोरोनाको बेला तालिम र गोष्ठी धेरै भएकी भनेर उठाएको सवालमा नवप्रवद्र्धन कृषि कार्यक्रममार्फत विदेशबाट आउने र कृषिमा आबद्ध हुन चाहनेलाई छनोट गरी तालिम दिने बताए ।

मन्त्री मगरले रु. ५ लाख रुपैयाँ बैंकमार्फत दिलाएर तीन वर्षसम्म सरकारले नै खर्च ब्याज अनुदानमा दिने सदनलाई जानकारी गराए । मन्त्री मगरले सीप विकास तालिम र अनुदानको लागि आफ्नै परिवार मिलेर सहकारी खोल्ने र फाइदा लिने गरिएको विषयमा सरकारले छानबिन गरी कैपियत हुन नदिने दाबी गरे ।

उनले कृषि मन्त्रालयले आउँदो दशकलाई ‘फलफूल दशक’ घोषणा गरेकोले केरा र सुन्तलाबाहेक धेरै फलफूल विदेशबाट आयात हुने क्रम रहेकोले त्यसलाई नियन्त्रण गर्न फलफूल दशक कार्यक्रम मार्फत प्रदेशका सबै स्थानीय तहसँग मिलेर फलफूल नर्सरी स्थापना गर्ने बजेट राखिएको स्पष्ट गरे । भने,“सहकारीसँगको सहकार्यमै फलफूल दशअन्तर्गत काम हुनेछ ।”उनले संघीय संरचना स्थापना भएपछि बीउ बैंकहरुको अवस्था भत्किएको पाइएकोले किसानलाई सम्भव भएसम्म निःशुल्क बीउ वितरण गर्ने बताए ।