उदयपुरःबुटबलमा देखिएको भारतबाट आएको सलह किरा प्रदेश नम्बर १ को उदयपुर जिल्लाको विभिन्न स्थानमा पनि देखिएको छ । ठूलो समूहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह जिल्लाको कटारी र बेलका नगरपालिका र उदयपुरगढी गाउँपालिकाका विभिन्न स्थानहरुमा फाट्ट–फुट्ट मात्रामा देखिएको हो । शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ ।
र्षा भइरहेको समयमा कटारी नगरपालिका वडा नं। ३, ४ को साथै वडा नं. ८ सिरिसेमा देखिएको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले जानकारी दिए । उनका अनुसार बजार एरियामा देखिएकोको किराहरु नगरपालिकामा लिएर आएको समेत जानकारी दिए । ‘बालीनालीमा देखिएको छैन, घरको भित्तामा आएर बसेको अवस्थामा ५०–६० वटा सलह फेला परेको छ,’ मेयर श्रेष्ठले भने, ‘केही किराहरु नगरपालिकाको कृषि शाखामा कृषकहरुले लिएर आएको छ, ठूलो समुहमा देखिन्न । पानीले रोकेर घरमा ओत लागेको हुन सक्छ ।’ झुण्डमा देखिनुपर्ने सलह एक–दुई वटा मात्र देखिएको विषयमा अध्ययन भइरहेको कटारी नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
 
यस्तै, उदयपुरगढी गाउँपालिका वडा नं. ५ र ६ नेपालटार आसपास देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीले जानकारी दिए । यस्तै बेलका नगरपालिकाको केही भागमा समेत देखिएको रेग्मीले जानकारी दिए । उनका अनुसार यस क्षेत्रहरुमा किरा प्रवेश गरेको जानकारी आएपनि के कति मात्रामा प्रवेश गरेको हो एकिन जानकारी छैन् ।
कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रेग्मीले पनि उदयपुरमा छिटफुट सलह किरा फेला परेको जानकारी आए पनि पूष्टी हुन बाँकी रहेको बताए । कतिपयले भने सामाजिक संजालमा सलह किरालाई संकलन गरेर भुटेर खान वा पन्छीलाई चारोको रुपमा उपयोग गर्नुपर्ने चर्चा सुरु गरेका छन् ।