उदयपुर : धान रोप्ने मेसिन (राइस ट्रान्सप्लान्टर) मेसिन बिग्रिएपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल छोएर फर्केका छन् । धान रोपेर चक्लाबन्दी खेतीको उद्घाटन गर्न आएका मन्त्री भुसाल उक्त मेसिन नचलेपछि छोएर फर्केका हुन् ।
मन्त्रीले मेसिन छेउमा गएर हेरे । तर, मेसिनका प्राविधिकहरुले मेसिन चलाए । तर, मेसिनले धान रोपेन । मन्त्री भुसालले प्रविधिकलाई सोधे, तर, प्राविधिकहरुले पनि कुनै जवाफ दिन सकेनन् ।
त्रियुगा नगरपालिका मेयर बलदेव चौधरी पनि मन्त्रीसँगै मेसिन छेउमा पुगे । तर, मेसिनले धान रोप्न नसकेपछि त्यहीबाट फर्केका थिए । मन्त्रीले मेसिनबाट धान रोपेको हेर्न आएकाहरु पनि मेसिन हेरेर फर्केका थिए ।
नयाँ प्रविधिबाट धान रोपाई हेर्न आएका मध्ये एक जनाले टिप्पणी गर्दै भने ‘मन्त्रीज्युबाट मेसिनले धान रोपेर उद्घाटन हुने कार्यक्रमको आयोजक गम्भीर बन्नुपर्छ,’ उनले भने, ‘आयोजकको कमजोरीको कारण मन्त्रीज्यूले मेसिनले धान नरोपिकन फर्कुनुप¥यो ।’

यता चक्लाबन्दी खेतीका परामर्शदता विनोद कार्कीले पानीको सन्तुलन नमिल्दा मेसिनबाट मन्त्रीले धान रोप्न नपाएको बताए । ‘मन्त्रीज्यूले जुन गरामा धान रोप्ने भनिएको थियो,’ उनले भने, ‘त्यहाँ पानी कमी भएकाले मेसिन चलेन, अहिले अर्को गरामा त्यही मेसिनले धान रोपिरहेको छ ।’