धरानः धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्षको विभिन्न लक्षित समुहको विकासका लागी विनियोजित वजेट कोरोना भाइरसको कारण ११ प्रतिशत मात्र खर्च भएको छ । सो शिर्षकको ७१ प्रतिशत बजेट कोरोना व्यवस्थापन कोषमा रकमान्तर गरिएको छ ।
कोरोना कै असरले चालु आ.व.को विनियोजित वजेट खर्च हुन त सकेन, आउने आ.व.को पनि धरान नगरबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सामाजिक विकासको वजेट घटेर आएको छ । चालु आ.वको कुल वजेट २ करोड २ लाख ५ हजार थियो भने आउने आर्थिक वर्ष ०७७÷७८ का लागी चालु आ.व.को भन्दा ३५ प्रतिशत कम वजेट नगरपालीकाले विनियोजन गरेको छ । समग्रमा उस्तै देखिएपनि कम छ । आ.व. ०७७÷७८ मा २ करोड २ लाखै भनिएपनि ७२ लाख प्रदेश सरकार अन्र्तगत रहेको सामाजिक शाखाकी प्रमख प्रज्ञादेवी निरौलाले जानकारी दिएकी छन । चालु आ.व कै अनुपातमा भएको भए २ करोड ७२ लाख हुनुपर्ने थियो ।
भनिन्छ, समाजको विकासको लागी सबै पक्षको विकास हुनु पर्छ तर कोरोना भाइरसका कारणले धरानको सामाजिक विकास अन्र्तगतको महिला, जनजाती, दलित, अपाङ्ग लगायत लक्षित समुहको लागी विनियोजित वजेटको कार्यक्रम आर्थिक वर्षको अन्तिम अन्तिममा मात्रै काम गर्ने सोच, नगरपालीकाले विभिन्न समिति, संघसंस्थाहरुसँग काम गर्नुपर्ने साथै नगरपालीकाले स्वामित्व ग्रहण गरोस् भनेर सामाजिक विकास कार्यक्रम संचालन गर्ने कार्यविधी पारित गर्न ढिलो भएका कारणले पनि सामाजिक विकास अन्र्तगतको अपेक्षाकृत खर्च हुन नसकेको उपमहागर सामाजिक विकास शाखाकी शाखा प्रमुख निरौलाले वताएकी छन । आ.वको प्रथम, दोस्रो चौमासिकमा कार्यक्रम गर्नेे चलन हो । कोरोनाले यति धेरै असर पर्दैन थियो । तर कार्यक्रम संचालन गर्ने अन्तिम चौमासिकमा हो ,सो समयमा कोरोना भाइरस महामारीको रुपमा आएपछि खर्च हुन नसकेको उनको भनाई छ । कोरोना भाइरस नआएको भए ८० प्रतिशत खर्च हुने उनले बताइन । सामाजिक विकास शाखाकी अधिकृत जुनु राईका अनुसार खर्च नभएपछि ७१ प्रतिशत वजेट कोरोना भाइरस व्यवस्थापन कोषमा रकमान्तर भएको र कुल वजेटको १७ प्रतिशत वजेट फ्रिज भयो ।
कोरोना भाइरसको कारणले सामाजिक विकासको लक्षित समुहको विकास हुन नसक्दा यसको प्रभाव कस्तो रहन्छ भन्ने प्रश्नमा सामाजिक विकास शाखाकी प्रमुख निरौला भन्छिन, ‘धरान भौतिक रुपमा जति सुन्दर छ सामाजिक रुपमा त्यस्तो पाइदैन ।’ यि अनुभव गर्ने कुरा हुन । भौतिक विकास जति नै सामाजिक विकास हुन सकेको भए हामीले सोचे जस्तो धरान हुने थियो । दिर्घकालिन असर नपरे पनि अल्पकालिन असर पर्ने देखिने निरौंलाले बताइन् । त्यस्तै समाजशास्त्री विज्ञान शर्मा लुइटेल भन्छन् ‘जव सामाजिक विकास हुदैन त्यसले समाजका समग्र विकासलाई असर पार्छ ।’ अझ भन्छन् अपेक्षाकृत खर्च हुन नसक्दा वाह्य लगानी पनि घट्न जान्छ । यसले दिर्घकालिन असर पर्न जान्छ तर यसको आगामी वर्षमा पुर्णता दिदै गयो भने दिर्घकालिन असर नपर्ने देखिएको उनको तर्क छ । अर्का समाजशास्त्री विशाल श्रेष्ठ भन्छन् ‘सामाजिक विकास नहुनु भनेको शिक्षा, स्वास्थ्य तथा समग्र मानव विकास असर पर्नु हो तर एक वर्षको खर्च नहुदा दिर्घकालिन असर भने पर्दैन’ ।