धरानः धरान उपमहानगरपालिकाले पशु पालक, कृषक तथा मासु व्यवसायीहरुलाई नगरको उन्नती, प्रगतीका लागी राज्यको सेवा गरे वापत प्रोत्साहन गर्दै विभिन्न वडाका ७१ जना कृषक, पशु पालक तथा मासु व्यवसायीहरुलाई १२ लाख ३० हजार रुपैँया अनुदान वितरण गरेको छ ।
धरान उपमहानगरपालीको कृषि बजारमा पशु सेवा शाखाले आयेजना गरेको कार्यक्रममा नगर प्रमुख तिलक राईले सो अनुदान वितरण गरेका हुन । प्रमुख अथिति समेत रहेका नगर प्रमुख राईले कार्यक्रममा बोल्दै भने, ‘ यो अनुदान पर्याप्त नभएर हौसला प्रदान गर्नका लागी वितरण गरिएको हो ।’ किसान अपमानित शव्द नभई आफैमा सम्मानित शव्द हो । तर राज्यले कृषकहरुको समस्यालाई सम्बोधन गर्न नसक्दा अपमानित हुनु परेको उनले वताए । राज्यले कृषकलाई उन्नत जातको विउ विजन, मल, प्राविधक सहयोग उपयुतm समयमा प्रयाप्त उपलब्ध गराउन नसक्दा समस्यामा रहेको बताउ । उनले कृषकले पनि आफ्ना समस्या सरकार समक्ष नराखेको वताए । कृषकले भन्नु प¥यो के हो समस्या ? त्यो समस्याको सम्बोधन गर्न नगर सरकार तयार छ । नगरबाट दिइने अनुदानका कार्यक्रम गैर कृषकहरु पनि परेकोले अव त्यस्तो हुन नदिने पनि उनले वताएका छन ।
नगरपालिकाले उपलब्ध गराएको कतिपय कृषि सामाग्री प्रयोग भएका छैनन । त्योे सामाग्री फिर्ता लिई वास्तविक कृषकहरुलाई दिन पशु सेवा शाखालाई निर्देशन गरिसकेको प्रमुख राईले वताएका छन ।
कार्यक्रममा अनुदान प्राप्त गर्ने कृषक जिवन कोइरालाले यति अनुदान कृषक लागी केही नभई राज्यले पनि केहि गर्ने रहेछ भन्ने जानकारी पाएको बताए । यसरी सरकारले अनुदान वितरण गर्दा कृषकमा उत्साह प्राप्त भएको उनले वताए । कार्यक्रम उपमहानगपालिकाका पशु सेवा शाखाका पशु अधिकृत महेन्द्र कुमार पैकराको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पशु प्राविधिक संजिव श्रेष्ठले राखेका थिए भने ध्रुव कुमाारी राईले संचालन गरेका थिए । सो कार्यक्रममा गाई, भैसी र बाख्रा र सुगुरको खोर सुधारका लागी २० हजारका दरले जम्मा ५२ जनालाई १० लाख ४० हजार रुपैया वितरण गरेको हो । जसमा गाई भैँसी गोठ सुधारमा २० जना, बाख्राको खोर सुधारमा १५ जना र सुँगुरको खोर सुधारमा १७ जना रहेका थिए । त्यस्तै मासु पसल सुुधारका लागी १० हजारका दरले १९ जनालाई १ लाख ९० हजार रुपैया गरि जम्मा १२ लाख ३० हजार रुपैँया अनुदान वितरण गरेको हो ।