इटहरीः लगातार बढिरहेको नेपाली सेयर बजारमा बुधबार सामान्य करेक्सन भएको छ ।

बुधबार नेप्से २.३१ अङ्कले घटेर १२७७.७४ अङ्कमा अडिएको छ । बजार बढेर १२८८ अङ्कसम्म पुगेको थियो । समग्रमा बजार सूचक ०.१८ प्रतिशतले घटेको हो ।

बुधबार १ सय ७१ कम्पनीको ९१ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ४५ लाख ९१ हजार ४८ कित्ता  सेयर ८ हजार ९ सय ४१ पटक किनबेच भएका थिए ।

२ वटा सूचकमा मात्रै हरियाली
बुधबार कारोबार भएका १० वटा समूहका सूचकमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी समूहका सूचक तल झरेका छन् । जीवन बीमा समूहको सूचक ०.५४ प्रतिशतले बढ्दा अन्य समूहको सूचक ०.०९ प्रतिशतले मात्रै बढेको थियो । उत्पादनमूलक समूह सबैभन्दा धेरै ०.७६ प्रतिशतले तल झर्दा सबैभन्दा कम माइक्रोफाइनान्स समूह ०.०७ प्रतिशतले तल झरेको थियो ।

nepse asoj101

कारोबारमा कुमारी अगाडि
कारोबार रकमका आधारमा कुमारी बैंक अघि देखिएको छ । सो बैंकको ६ करोड २७ लाख ८४ हजार ५ सय ८० रुपैयाँको कारोबार भएको थियो । एनएमबी बैंकको ६ करोड ६ लाख ९६ हजार १९ रुपैयाँको सेयर किनबेच हुँदा नेपाल बैंकको ४ करोड ९८ लाख २६ हजार ३ सय ६७ रुपैयाँको सेयर किनबेच भएको थियो ।

क्यापिटल मर्चेन्टको धेरै कित्ता
विगत केही दिनको झैं क्यापिटल मर्चेन्ट बैंकको सबैभन्दा धेरै १५ लाख ७० हजार १ सय ७५ कित्ता सेयर किनबेच भएको थियो । त्यस्तै, सिभिल बैंकको २ लाख ६९ हजार १ सय ३९ कित्ता र कुमारी बैंकको २ लाख ४१ हजार ४ सय ८८ कित्ता सेयर कारोबार भएको थियो ।

प्रभुको धेरै पटक कारोबार
मङ्गलबार झैं बुधबारको कारोबारमा पनि प्रभु बैंकको सेयर धेरै पटक कारोबार भयो । सो बैंकको ४ सय ९१ पटक कारोबार हुँदा मेघा बैंकको ४ सय २९ पटक र सिभिल बैंकको ४ सय १३ पटक कारोबार भयो ।

समताको मूल्य १० प्रतिशत बढ्यो
बजार घटे पनि समता माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशतले बढेको छ । ग्रीन डेभलपमेन्ट बैंकको ७.८३ प्रतिशत र भार्गव विकास बैंकको ५.५९ प्रतिशतका दरले मूल्य बढेको छ । गोर्खाज् फाइनान्स र साङ्ग्रिला विकास बैंकको सेयरमूल्य पनि ३.७० प्रतिशतभन्दा बढीले बढेको थियो ।

नेपाल कम्युनिटीको मूल्यमा गिरावट
१ प्रतिशत बोनस घोषणा गरेको नेपाल कम्युनिटी डेभलपमेन्टको सबैभन्दा धेरै ५.८० प्रतिशतले मूल्य घटेको छ । ङादी पावर लिमिटेडको ५.३० प्रतिशत मूल्य झर्दा बोटलर्स नेपाल तराईको ३.५७ प्रतिशतले मूल्यमा गिरावट आएको छ । रिडी हाइड्रोपावरको सेयरमूल्यमा ३.४५ प्रतिशतले गिरावट आएको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण १५ खर्ब २१ अर्ब कायम भएको छ ।