इटहरीः नेकपाका केन्द्रीय अध्यक्षद्धय बीच पार्टी फुटाउने कि जोगाउने भन्ने बिषयमा रसाकस्सी चलिरहेका बेला प्रदेश १ का नेकपा जिल्ला कमिटीले पार्टीको विषयमा सुझबुझ पूर्ण निर्णय गर्न र टुटफुटमा नजान नेतृत्वलाई आग्रह गरेका छन ।

नेकपा मोरङको विराटनगरस्थित कार्यालमा १४ वटै जिल्ला कमिटीको तर्फबाट आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपामा उत्पन्न विवाद समाधान गर्न र टुटफुट तथा विभाजन रोक्न माग गरिएको छ । त्यस अवसरमा सहभागी जिल्लास्थित नेता तथा केन्द्रीय सदस्यले पार्टीको अभूतपूर्व एकतामा खलल ल्याउने काम किमार्थ ठिक नहुनेमा जोड दिए ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एकताई थप मजबुत र एकताबद्ध बनाएर अघि बढाउन माग गर्दै भने,“पार्टी एकताकै बलमा सरकार बनाउने जनादेश प्राप्त भएको हो । पार्टी विभाजनमा जाँदा जनताले दिएको अभिमतको पनि अवमूल्यन हुनेछ ।”

नेकपा केन्द्रीय सदस्य गुरु बरालले सरकार संचालनमा समस्या भए छलफलबाट टुंग्याउन माग गर्दै भने,“पार्टी एकतामा देखिएको उत्साहलाई सम्झना गर्दै पनि अहिलेको परिस्थितिबाट नेकपा माथि उठ्नु पर्छ ।” उनले पार्टी विभाजनतर्फ जान नहुनेमा जोड दिए । १४ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवले संयुक्त विज्ञप्ति प्रकाशित गरी एकता कमजोर नपार्न माग गरे । पत्रकार सम्मेलनमा प्रदेशका सांसद समेत उपस्थित थिए ।

106968612_295286074923444_825951196304317607_n