इटहरी : इटहरी उपमहानगरका नगरसभा सदस्यहरुले इटहरी उपमहानगरको आगामी आर्थिक वर्षको वजेट नीति तथा कार्यक्रम अहिले सम्मकै उत्कृष्ठ रहेको दाबी छन् ।
गत २० गते नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौं नगरसभाको दोश्रो वैठकमा वोल्दै नगरसभा सदस्य गणेश खत्रीले आर्थिक वर्ष २०७७÷७८को वजेट नीति तथा कार्यक्रम तीन बर्षकै उत्कृष्ठ र ब्यवस्थित रहेको दाबी गरे । अर्का नगरसभा सदस्य डिकबहादुर राईले वजेट ब्यवहारिक र उत्कृष्ठ रहेको बताए । उनले वजेटले सवै क्षेत्रलाई सम्वोधन गरेको बताए ।
इटहरी चौकमा नेपालको नक्सा सहितको पृथ्वीको स्मारक राख्न लागिएकोमा खुशी प्रकट गर्दै नाम भने इटहरी चौक नै हुदाँ राम्रो हुने उनको भनाई छ । उनले भने–‘यो जनताले माग हो ।’ अर्का सदस्य कर्णबहादुर खत्रीले इटहरीमा प्रमुख प्रशाशकीय अघिकृत चाडै परिवर्तन हुदाँ समस्या हुने गरेको बताए । उनले भने “प्रमुख प्रशासकीय अघिकृत वस्ने भवनै पोखरीमाथि छ नागको तापले पो हो कि किन हो हाकिम चाँडै जान्छन् ।’
नगरसभा सदस्य तेजनारायण चौधरीले इटहरी उपमहानगरले चालुआर्थिक वर्षमा ११ वटा र आगामी वर्ष थप गरि वहुवर्षे योजना संचालन गर्न लागेकोमा खुशी प्रकट गरे । वहुवर्षे सडक योजनाका कारण गाँउ गाँउका जनताले उपमहानगरवासीको अनुभूति गर्न पाएको उनको भनाई छ । वैठकमा उपप्रमुख लक्ष्मी गौतमले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ पेश गरेकी थिइन् ।