इटहरी: इटहरीले १० मा निर्माण हुदैं गरेको जनगायक जेवी टुहुरेको नाममा स्थापित “जेवीटुहुरे फाउण्डेसन” भवनको काम अन्तिम चरणमा पुगेको छ ।
एक महिनाअघि देखि निमार्ण कार्य सुरु भएको भवनको काम ८५ प्रतिशत निमार्ण कार्य सम्पन्न भएको निमार्ण उपभोक्ता समितिका अध्यक्ष होमनाथ धमलाले जानकारी दिए ।
वरिपरि वाललगाउने काम सकिएको बताउँदै धमलाले फिलिङ अर्थात् भित्रमाटो भर्ने र गेट लगाउने कामबाकीँ रहेको बताए । अबको १५ दिन सम्ममा निमार्ण सम्पन्न गर्ने लक्ष्य रहेको धमलाको भनाई छ । उक्त भवन निर्माण भएसगैं सो स्थानमा म्युजिकल एडीबी बन्नेछ । जसमा संगीतमा मोह भएका हरेक ब्यक्तिले निःशुल्क संगीत सिक्ने पाउनेछन् ।

उक्त भवन निर्माणका लागि इटहरी उपमहानगरपालिकाले १० कठ्ठा जग्गा भोकाधिकार गर्न निर्णय नै गरेर दिएको थियो । निमार्ण हुदैं गरेको भवनको लागत ४८ लाख रहेको छ । उक्त निर्माणका लागि प्रदेश एक सरकार बमोजिम प्रदेश भौतिक पुर्वाधार मन्त्रालयले चालृु आर्थिक वर्षमा ४० लाख रकम दिएको छ भने बाकीँ ८ लाख निर्माण उपभोक्ता समितिको लगानीमा निर्माण गरिएको हो ।
इटहरीले विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने विभिन्न व्यक्तिहरुको सम्झनामा स्मारक स्थापना गर्ने काम अघि बढाइरहेको छ ।