इटहरीः नेपाल भरी नै ख्याती कमाएको इटहरीको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सबै शेयर सदस्यहरुसंग छलफल नै नगरि मोरङको पथरीमा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडग मर्ज गर्न लागेकोमा आपत्ति जनाउँदै महिला बचतकी पूर्व अध्यक्ष सहित २ सय ८० बढी शेयर सदस्यहरुले प्रदेश सहकारी रजिष्ट्रर कार्यालय इटहरीमा निवेदन दिएका छन् ।
संस्थाका बिषयमा कुनै एमरजेन्सी निर्णय गर्नु पर्ने हुँदा बिषेश साधारणसभा बोलाउन सक्ने कानूनी प्रावधान हुँदा हुँदै वर्तमान संचालक समितिका पदाधिकारीहरुले भित्र भित्रै पथरीको मनकामना सहकारीसंग मर्ज गरि मनकामना कै नाममा सहकारी संचालन गर्न दिने तयारी पूरा गरि अन्तराष्ट्रिय ब्राण्ड(एक्सेस) प्राप्त गरिसकेको महिला बचतको नाम निशान नै मेटाउने गरि निर्णय गरिएकाले संस्था जोगाउनका लागि आफ्नो नेतृत्वमा निवेदन दिन बाध्य भएको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीकी पूर्व अध्यक्ष गीता श्रेष्ठले बताइन् ।
उनले भनिन् मेरो अध्यक्ष कार्यकालमा संस्थालाई मजबुद मात्र बनाउने कार्य भएन । नेपालमै नाम आउने गरिको प्रगति गराएकै हो । अन्तराष्ट्रिय ब्राण्ड(एक्सेस) प्राप्तका लागि त्यसबेला ठूलो मेहनत गरिएको थियो । तर अहिले अधिकांश शेयर सदस्यहरुलाई जानकारी नै नदिई वर्तमान कार्यसमितिका केही व्यक्तिहरुको व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि मर्ज गर्ने अधिकार कसैलाई पनि छैन् ।
पूर्व अध्यक्ष श्रेष्ठको नेतृत्वमा प्रदेश सहकारी रजिष्ट्रर कार्यालय इटहरीमा निवेदनमा पत्रिका मार्फत मर्जको सूचना पाएको र आफुहरु मनकामनासंग एकिकरण गर्न मञ्जुर नभएको उल्लेख गरिएको छ । एकिकरणमा आफुहरु असहमति समेत रहेको सो निवेदनमा उल्लेख गरिएको छ । प्रदेश सहकारी रजिष्ट्रर कार्यालय इटहरीमा दिइएको निवेदनको दर्ता नम्बर ८३ हो ।
सो निवेदनको बोदार्थ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि दिइएको छ । महिला बचतमा दिईएको बोदार्थको दर्ता नम्बर २२९ हो । निवेदनको बोदार्थ राष्ट्रिय सहकारी महासंघ लिमिटेड पुल्चोक, बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनसरी, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्था लिमिटेड, इटहरी उपमहानगरपालिका सहकारी शाखा, जिल्ला संघ सुनसरी लगायत निकायमा दिइएको छ ।

108164470_2584016121912918_4652500847845755237_o
सहकारी संस्थाका वर्तमान कार्यसमितिका केही जिम्मेवार पदाधिकारीहरुले संस्थालाई आफुखुसी संचालन गर्न थालेपछि विगतका केही बर्षदेखि नै महिला बचतमा बिभिन्न खालका विवाद उत्पन्न भईरहेका छन् । कर्मचारी नियुक्ती देखि लिएर संस्थाको हैसियत भन्दा माथि उठेर कर्मचारी दिइएको सेवा सुविधाका बिषयमा पनि पटक पटक विवादमा परेको महिला बचतमा यतिबेला आफ्नो नाम नै मेटाउने गरि मनकामनासंग मर्ज गर्ने एकलौटी कार्यले थप विवादमा मुछिन पुगेको छ । मर्ज हुन लागेको पथरीको मनकामनामा पनि विवाद उत्पन्न भएको छ । सो सहकारीमा पनि आफुखुसी कार्य गरिएको भन्दै २५ सयबढी शेयर सदस्यहरुले आपत्ति जनाई सकेका छन् । शेयर सदस्यहरुले सो सहकारीको निर्णय विरुद्ध आपत्ति जनाएपछि बाध्य भएर पत्रिकामा सूचना प्रकाशित गरि शेयर सदस्यहरुको राय सुझाव माग गरेको थियो । रायसुझाव माग गर्दा अधिकांशले मर्ज गर्ने या नगर्ने बिषयमा संस्थाले साधाराण सभा गर्नु पर्ने र साधारणसभाले जे निर्णय लिन्छ सोही अनुसार मात्र मर्जका बिषयमा अगाडी बढ्न भनेका छन् ।
शेयर सदस्यहरुको रायसुझावका आधारमा शनिवार(हिजो) मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको बैंठक बसि आगामी साधारणसभाबाट निर्णय भएमात्र एकिकरणको प्रकृया अगाडी बढाउ भन्ने निर्णय गरेको छ । सो बिषयमा सहकारीको तर्फबाट सबै शेयर सदस्यहरुलाई सार्वजनिक रुपमै सूचना जारी गरिसकेको छ ।