इटहरी: नेपाली बजारमा सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो भएको छ । चालू आर्थिक बर्षको अन्तिम दिन बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ९२ हजार दुई सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुन ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको भाउ एक हजार पाँच रुपैयाँ प्रतितोला तोकिएको छ । अघिल्लो दिन तोलाको ९९५ रुपैयाँमा चाँदी कारोबार भएको थियो ।

बढ्दो मूल्य र अफसिजनका कारण बजार सुन बजारमा मन्दी छाएको व्यवसायी महासंघले जनाएको छ ।