धनकुटा :उद्योगी,व्यापारी तथा व्यावसायीहरुका लागी धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले करदाता सेवा कार्यालय धनकुटाको समन्वय तथा सहयोगमा धनकुटामा बुधबार देखी हेल्प डेस्क स्थापना गरी संचालन गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले कर बुझाउन आउनु हुने उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई करदाता सेवा कार्यालय धनकुटाको समन्वयमा र सहयोगमा कर सम्वन्धी जानकारी गराउने र सहजीकरण गरी सहयोग गर्नका लागी आज देखी धनकुटामा हेल्प डेस्क संचालनको शुभारम्भ धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले गरेका हुन् ।

धनकुटामा संचालन गरिएको हेल्प डस्क शुभारम्भ कार्यक्रममा करदाता सेवा कार्यालय धनकुटाका प्रमुख रमेश ढकाल, धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,रेवती प्रसाद अधिकारी,सुनिता थापा,उज्वल कर्माचार्य लगायतले हेल्प डेस्क संचालनले उद्यमी,व्यावसायी र व्यापारीलाई करको वारेमा जानकारी हुने र कर समयमानै बुझाउनका लागी उत्साहित हुने र अन्य विषयहरुमा समेत ठूलो सहयोग पुग्ने वताए।

हेल्प डेस्कमा धनकुटा उद्योग बाणिज्य संघले दुई जना दक्ष कर्मचारीहरु परिचालन गरिएकोले उनीहरुले उद्योगी,व्यापारी तथा व्यावसायीहरुलाई करको वारेमा जानकारी गराउने र कर बुझाउन आउनेहरुलाई कर बुझाउनका लागी सहजीकरण गरी सहयोग गरीरहेको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताए।