इटहरीः तपाई नयाँ घर निर्माण गर्ने योजनामा हुनुहुन्छ ? अब चिन्ता लिन पर्दैन । गरिमा विकास बैंकले घर निर्माण गर्न चाहाने सबै खालका नागरिकहरुका लागि नयाँ योजना ल्याएको छ । यो योजनामा समाहित भएर तपाईले न्यून व्याजदरमा अन्य सेवा सुविधा सहित आफ्नै नयाँ घर निर्माण गरि आन्नदका साथ परिवारसंग बस्न सक्नु हुने छ । त्यसका लागि गरिमा विकास बैंकले नयाँ आर्थिक बर्षको सुरुवातसंगै घर निर्माणका लागि नयाँ, सरल र सहज गरिमा सजिलो घर कर्जा नयाँ योजना ल्याएको छ । सो बैंकले ५० प्रतिशत सेवा शुल्कमा छुट सहित ९.९९ प्रतिशत व्याजदरमा गरिमा सजिलो घर कर्जा योजना ल्याएको हो । एक बर्षसम्म कर्जा स्वीकृत हुँदा कायम व्याजदरमा परिर्वतन नगरिने बैंकले जनाएको छ ।
लिइएको कर्जा अग्रीम भुक्तानी गरेमा शुल्क नलाग्ने सुविधा पनि सो योजनामा बैंकले दिइएको छ । त्यसैगरि दुई बर्षसम्म ग्रेस अवधि दिइने छ । ग्रेस अवधिमा व्याज मात्र भुक्तानी सर्न सकिने सो योजनामा समावेश गरिएको गरिमा विकास बैक प्रदेश १ कार्यालय धरानका प्रमुख मीनप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार गरिमा सजिलो घर कर्जा योजना सिमित अवधिका लागि बैंकले ल्याएको हो । यो योजनाको सेवा गरिमा विकास बैंकको नेपालभरीका जुनै सुकै शाखाबाट पनि सेवाग्राहीले सेवा लिन सक्ने सुवेदीले बताए ।
३० बर्षसम्म कर्जा भुक्तानीको तालिका दिएकाले निम्न आय भएका तर घर बनाउन नसकिरहेका परिवारहरुले गरिमा विकास बैंकको यो योजनाबाट आफ्नै घर निर्माण गरि आन्नदसंग आफ्नै घरमा बस्न सक्ने छन् । अन्य बैंकहरु र वित्तिय संस्थाबाट कर्जा लिएको भए स्वाप गर्न सकिने छ । स्वाप गर्दाको शुल्क नै नलाग्ने गरिमा सजिलो घर कर्जामा पाइने सुवेदीले जनाए । घर निर्माण गर्दा लाग्ने लागतको शतप्रतिशतसम्मको कर्जा लगानी गरिने बैंकले जनाएको छ ।