खाँदबारी: लकडाउनका कारण नेपालका अधिकाशं निजि विद्यालयका शिक्षकले तलब नपाईरहेका बेला संङ्खुवासभाको एक निजि विद्यालयले भने शिक्षकलाई तलब दिएको छ ।

सदरमुकाम खाँदबारीमा रहेको सूर्य बोर्डिङ स्कुलले कोरोनाका कारण विद्यालय बन्द भएपनि शिक्षकलाई राहत स्वरुप १ महिनाको तलब उपलव्ध गराएको छ । लकडाउनका कारण लामो समय देखि विद्यालय बन्द रहेको र शिक्षकको आर्थिक समस्या परेको भन्दै शिक्षकलाई एक महिनाको तलब उपलव्ध गराएको विद्यालयले जनाएको छ ।

बोर्डिङले ४६ जना कर्मचारीलाई राहत स्वरुप तलव उपलव्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठले बताए ।