दुहबीः सुनसरीको दुहबीमा बिहीबार बलात्कारको विरुद्धमा र्याली निकालिएको छ ।
सरकारको फितलो अनुसन्धानले निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न नसकेको भन्दै दोषी पत्ता लगाउन दबाबस्वरूप र्याली निकालिएको हो ।
युथ फर सोसाइटी दुहबीको आयोजनामा ‘बलात्कारविरुद्ध हाम्रो अभियान’ भन्ने मूल नाराका साथ निकालिएको र्यालीमा ५ सय बढी सहभागी थिए । कोशी राजमार्गस्थित दुहबी–८ जुट मिलबाट शुरु भएको र्यालीले सोनापुर चोकको परिक्रमा गरेको थियो ।
र्यालीमा सहभागीले निर्मलाको हत्यारालाई अबिलम्ब पक्राउ गर्, महिला हिंसा बन्द गर्, दोषीलाई दण्ड दे, महिला सुरक्षा कायम गर्लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
सो र्यालीमा सोनापुर र खनार क्षेत्रका सुनबेला, थर्ड आई, माउन्ट मनास्लु, हिमाली, सि चिल्डे«नलगायतका विद्यालयका विद्यार्थी पनि सहभागी थिए ।
र्यालीमा सहभागी दुहबी न्यायिक समितिका सदस्य विनय दाहालले बलात्कारीलाई सर्वस्व सहितको जन्मकैद हुनुपर्नेमा जोड दिएका थिए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बित्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै विभिन्न ठाउँमा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ ।