इटहरी: बुधबार सुनको मूल्य एक लाख कटेको छ । मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज (बुधबार) एकै दिन १६ सयले बढेर १ लाख १ हजार ४ सय पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।
आज चाँदीको मूल्य १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
चाँदी अघिल्लो दिनको तुलनामा बुधबार ६५ रुपैयाँले बढी छ। मंगलबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
 
                     
         
         
                            
                                                             
        




















 
         
         
         
         
         
         
        