खोटाङः खोटाङ जिल्लाको दिक्तेल बजारमा सञ्चालित एनएबि वित्तीय संस्थाका प्रबन्धकले बचत रकम फिर्ता माग्न गएका महिला समूहलाई उल्टै थर्काएर पैसा दिन्न्न भनेर फर्काएको छ ।
दिक्तेलस्थित पुरानो बेसक्याम्पमा सञ्चालित एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शाखा प्रबन्धक भूपाल खड्काले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित लालुपाते महिला समूहमा आवद्ध सेवाग्राहीलाई उनीहरुले गरेको बचत रकम फिर्ता माग्न उनिहरुलाई संस्थाले प्रहरी लगाएर पक्राउ गर्ने धम्की दिएको पाइएको हो ।
वि.सं. २०७४ माघ १५ गतेदेखि गत फागुन १६ गतेसम्म नियमित बचत गर्दै आइएपनि पछिल्लो समय कोरोना भाइरसका कारण लामो समयको लकडाउनका कारण आगामी दिनमा बचत गर्न नसक्ने अवस्था आएपछि आफूहरुले गरेको बचत रकम फिर्ता माग्न गएको थिइम संसथाका प्रबन्धकले आफूहरुमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी लगाएर पक्राउ गर्ने धम्की दिएको समूहकी अध्यक्ष सुशिला मगर विश्वकर्माले बताईन ।
शुशिलाको अनुसार हामीले आफूले जम्मा गरेको रकम फिर्ता मागेका हौँ शाखा प्रबन्धक खडकाले जवाफमा अहिले कुनै पनि हालतमा पैसा दिनौँ भनेर जवाफ दिएको शुशिलाले बताईन ,आफ्नो पैसा किन पाउँदैनौँ भन्दा प्रहरी लगाएर पक्राउने धम्की दिएको उनको भनाईरहेको छ ।
महिला समूहले शुरुमा मासिक रु २०० तथा पछिल्लो समयमा मासिक रु ३०० का दरले उक्त संस्थामा बचत गर्दै आएको बुझिएको छ । नौँ जनाको समूह रहेको उक्त महिला समूहका सदस्यको प्रति व्यक्ति रु दश हजारदेखि रु ३५ हजारसम्म सो संस्थामा बचत रहेको समूहका अध्यक्ष विश्वकर्माले जानकारी दिएकी छन् ।
त्यस्तै गरि समूहकी सदस्य चन्द्रकला बिश्वकर्माले भनिन लकडाउनका कारण नियमित बचत गर्न नसकेपछि साउन १६ गते नियमित बैठक बसेर आफ्नो बचत रकम फिर्ता माग्ने निर्णय गरिएको विश्वकर्माले बताउइन ।
संस्थाले आफूहरुले जम्मा गरेको रकमको आठ प्रतिशत मात्र ब्याज दिन्छ उनले भनिन ऋण लिँदा १८ प्रतिशत ब्याज तिर्नुपर्ने हुँदा आफूहरु ठगीमा पर्ने गरिएकाले पनि समूह नै खारेजीको माग गरिएको हो । हामीले संस्थाको हामीले कर्जा तिरीसके पछि अब हामी संस्थामा नरहने भन्दै समूहका महिलाहरु संस्थामा पैसा भाग्न जादाँ संस्थाका कर्मचारी दिनौँ भनेर थर्काएर पठाएको बिश्वकर्माले बताईन ।
संस्थाका प्रबन्धक खड्काले आफूहरुमाथि गरेको अभद्र व्यवहारको विषयमा नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई समेत जानकारी गराइएको समूहले जनाएको छ । मौखिक जानकारी गराएका उनीहरुलाई नगरप्रमुख र प्रहरी प्रशासनले छलफल गराएर समस्याको समाधान गर्ने आश्वसन दिएको बुझिएको छ । शाखा प्रबन्धक खड्काले भने, बचत फिर्ता गर्न प्रक्रिया पूरा गरेर आउनुपर्छ भनेर , समूहका महिलाहरुलाई पठाएको खडकाले बताए । खडकालाई हिसाब माग्दा हिसाबको बिबरण आफुसगँ थाहाँ नभएको र कम्प्युटरमा समस्या भएको भन्दै पत्रकारलाई अनेकुने गरेका छन ।
हामी संस्थामा आफनो सदस्यको हिसाबको बिवरण थाहा छैन भन्दा एक हजारु भन्दा बढि सदस्य छन सबैको हिसाब कहाँ राख्न सकिन्छ भनेर खडकाले जवाफ दिए ।
लालुपाते महिला समूहका अनुसार ९ जनाको १० हजार देखि ३५ हजार सम्म रकम संस्थामा जम्र्मा गरेको छौँ हामीबाट संस्थाले पास बुक पनि लगेको उनिहरुको भनाई रहेको छ । यता संस्थाको समूहको नाममा कति पैसा छ एक मुटमा भन्ने सम्म थाहा छैन । यसरी एनएबी बित्तिय संस्थाले खोटाङ नागरिकलाई लुटिरहेको छ ।