संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन २०७० सालमा वृहत मांसिमा खानेपानी आयोजनाको काम सुरु भएको थियो । पाँच पटक समय थप गरेर निर्माण कम्पनीले २०७४ पुसमा निर्माण कार्य सम्पन्न गरेपनि २०७६ जेठमा आयोजना हस्तान्तरण ग¥यो ।
हस्तान्तरण भएको दुई महिना पछिबाट खानेपानी आयोजना सञ्चालन हुन नसकेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले बताए ।
४५ करोड १ लाख ५५ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पानी उपभोक्ताले भने पाउन सकेको छैनन् ।
सिनोटिक एण्ड आशिष कम्पनीले योजना सम्पन्न गरेर हस्तान्तरण गरेको दुई महिना नविदै सडकमा विछ्याइएको पाइप पुर्णरुपमा काम नलाग्ने भएपछि खानेपानी सञ्चालन हुन नसकेको खानेपानीका प्रमुख श्रेष्ठले जानकारी दिए ।
निर्माण कम्पनीले २०७४ पुसमा योजना सम्पन्न गरेपनि मर्मत संभार सहितको काम २ चरणमा पुरा गरी दुई वर्ष पछि २०७६ जेठमा हस्तान्तरण गरेको थियो ।
सदरमुकाम खाँदबारीको खानेपानी अभाव अन्त्य गर्न ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसिबाट पानी ल्याइएको थियो । खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउराली सम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रको मुख्यपाई पुर्णरुपमा कामनलाग्ने अवस्था भएकाले खानेपानी अवरुद्ध भएकको हो ।
सडकमा विस्तार भएको पाईप फेर्नु पर्ने भएकोले ठुलोमात्रामा खर्च लाग्ने भएकाले खर्च अभावमा पाईप मर्मत गर्न खानेपानीका प्रमुख श्रेष्ठले बताए । किमाथाङ्का–खाँदबारी सडक खण्डमा पाईप विस्तार गरिएकाले समस्या भएको हो ।
यस सडक खण्डमा वेलावेला सडक चौडा पार्ने र मर्मत कार्य भइरहेको छ । यस सडक खण्डमा काम गरिरहेको उत्तर दक्षिण (कोसी) सडक आयोजना कार्यालयले पटक पटक सडकमा पाईप नराख्न भनेपनि खानेपानी आयोनाले त्यसलाई वेवस्ता गर्दै मुख्य सडकमै पाईप विस्तार गरेको थियो ।
खानेपानी सञ्चालन हुन नसक्दा खाँदबारी नगरपालिकाको १ देखि ९ वडाका विभिन्न स्थान, चिचिला गाउँपालिकाको चिचिला बजार क्षेत्र र कुवापनी सहितका ३ हजार ५ सय घर धुरिलाई खानेपानीबाट बन्चित हुनपरेको छ ।
खानेपानी वर्षदिन सम्म बन्द रहँदा समेत यसमा सम्बन्धित पक्षको ध्यान पुग्न नसकोको उपभोक्ताहरुको गुनासो रहेको छ । खानेपानी संस्थाले जडान शुल्क बापत उपभोक्ता बाट अग्रिमरुपमा साडे २ करोड भन्दा बढी रकम उठाएपनि पानी खान नपाउँदा स्थानिय आक्रोशित बनेका छन् ।
गलत डिजाईन र गलत परामर्शका कारण सडकमा पाईपलाइन विस्तार गरिएकाले अहिले यस्तो समस्या आएको खानेपानी संस्थाका अध्यक्ष नरेन्द्र राई बताउँछन् । पाईप सडकमा विछ्याउँने काम नै गलत भएकाले अहिले पानी वितरण गर्न नसकीएको अध्यक्ष राईको भनाई छ । दाताको सहयोगविना संस्थाले पाइप मर्मत गरी पानी वितरण गर्न नसक्ने उनको भनाई छ ।

khanepane

मर्मतमा पुनः उपभोक्ताले थप रकम तिर्नु पर्ने
खानेपानी योजना निर्माण सम्पन्न गरी हस्तान्तरण भएको दुई महिना पछि सञ्चालन हुन नसकेको योजना मर्मतका लागि पुनः उपभोक्ता संग थप रकम लिने भएको छ । पाईपलाईन मर्मतका लागि तेस्रो शाना सहरी खानेपानी आयोजनाले ४ करोड रुपैयाँ भन्दा बढी रकम दिने भएपछि खानेपानी संस्थाले पुनः उपभोक्ता मार्फत थप ५ प्रतिशत रकम उठाउने खानेपनी संस्थाले जनाएको छ । तेस्रो शाना सहरी खानेपानी आयोजनाले पुरानै स्थानमा पाईप रहनेगरी मर्मतका लागि बोलपत्र आवह्वन गरेको हो ।

खानेपानी संस्थाले यस अघि जडान शुल्क बापत उपभोक्ता बाट अग्रिमरुपमा साडे २ करोड रुपैयाँ ९५ प्रतिशत भन्दा बढी रकम उठाएको थियो । खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउराली सम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रमा क्षेत्रको मुख्य पाईप पुर्णरुपमा काम नलाग्ने भएपछि खानेपानी संस्थाले पुनः मर्मत गर्न लागेको हो । खानेपानी संस्थाले पुनः सडकमा नै पाईप राख्ने गरीको योजना सञ्चालन हुन लागेको खानेपानी संस्थाले जनाएको छ । सडक भन्दा वाहिरबाट पाईप विस्तार गर्न ठुलो रकम खर्च हुने भएकाले पुनः सडकमा नै पाईप विस्तार गर्न लागिएको खानेपानी संस्थाका अध्यक्ष नरेन्द्र राईले बताए । मर्मतका लागि गरिएको बोलपत्र आवह्नमा गैरी पांमा र कुवापानीमा रहेको पानी प्रसोधन ट्याङ्की र्ममत सहित क्षति भएको पाईप मर्मत गर्ने खुलाइएको छ ।
यता उपभोक्ता भने पुनः खानेपानी सञ्चालनमा आउन नसक्ने बताउँछन् । तेस्रो साना सहरी खानेपानी आयोजनाले गर्ने खर्च बालुवामा पानी हाले जस्तै हुन सक्ने भन्दै यसका लागि बैकल्पिक मार्ग प्रयोग गरेर पाईप विस्तार गर्नु पर्ने उभोक्ताहरुको माग रहेको छ । पुरानै संरचनामा योजना सञ्चालन गर्ने हो भने मर्मत पुरा नहुँदै सडकको पाईप विग्रीन सक्ने छ ।