संखुवासभाः संखुवासभाको सिलिचोङ गाउँपालिका–१ वेसिन्दाका पहिरो पिडीतलाई नेपाल ग्रामिण पुनर्निर्माण संस्था आर आर एनले ५० लाखको बराबरको राहत सामग्री सहयोग गरेको छ । नेपाल ग्रामिण पुनर्निर्माण संस्थाले सिलिचोङका पहिरो पिडीतलाई विभिन्न राहत सामग्री एक कार्यक्रमका उपल्ब्ध गराएको हो ।
राहत वितरण कार्यक्रमका बोल्दै जिल्ला समन्वय समितीका सभापति सुमन शाक्यले राहत तथा उद्दारमा सबैले क्षेत्रले सकेको सहयोग गरिरहेको बताए । सभापति शाक्यले पहिरो पिडीतलाई चाडै पुर्नस्थापनामा गर्नु हाम्रो दाहित्व भएको बताए । दाताहरु बाट प्राप्त भएको रकम गाउँपालिका मार्फत स्थायी घरबासको लागि खर्च गर्नु पर्ने बताए । राहत वितरण कार्यक्रममा बोल्दै खाँदबारी नगर प्रमुख मुरारी प्रसाद खतिवडाले पहिरो पिडीतको सहयोगमा हातेमालो गर्न सधै तयार भएको बताए । दाता मार्फत आएको सहयोग रकम उचित पुर्नवासका लागि खर्च गरिने सिलिचोङ गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङले बताए ।
नेपाल ग्रामिण पुनर्निर्माणले पहिरो बाट विस्थापित भएका १ सय १० परिवारलाई राहत सामग्री उपलब्ध गराएको नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन) का अध्यक्ष हरि तामाङले जानकारी दिए । पहिरो बाट विस्थापित भएका १ सय १० घर परिवारलाई साधारण आवास सामग्री–१ सय १३ सेट, किचन सेट (भाडाँकुडा )–१सय १४ सेट,बलाङ्केट –२ सय २३ थान सहयोग उपलब्ध गराएको (आरआरएन) का अध्यक्ष तामाङले बताए । त्यस्तै गर्भवती महिला र बालिकाहरुका लागि पनि लत्ताकपडा उपलब्ध गराएको छ । महिलाहरुका लागि कपडा,ब्रस,साबुन,टर्च लगायत ७० झोला सामग्री उपलब्ध गराएको छ । ५ बर्ष मुनिका बालबालिकाहरुका लागि ५० झोला लत्ताकपडा, ५ देखि १५ बर्ष सम्मका बालबालिकाहरुका लागि ५० झोला लत्ताकपडा र एक सय झोला स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन) का कोषाध्यक्ष मोहन कुमार पराजुलीले बताए । बुधबार खाँदबारी नगरपालिका–११ हेलुवाबेशीमा भएको राहत वितरण तथा हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितीका सभापति सुमन शाक्य,खाँदबारी नगर प्रमुख मुरारी खतिवडा,सिलिचोङ गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङ, नेपाल ग्रामिण पुनर्निर्माण संस्थाका अध्यक्ष हरि तामाङ,कोषाध्यक्ष मोहन कुमार पराजुली,स्थानिय राजनैतिक दल,वडाध्यक्ष, मनकामना सामुदायिक अस्पतालका संञ्चालक राजकुमार घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
गत असार २८ गते आएको पहिरोले ९ घर बगाएको छ भने ११ जना अझै बेपत्ता छन् । पहिरो बाट विस्थापित भएकाहरुलाई अहिले बुधबारे र चित्रेमा अस्थायी टेण्ट बनाएर राखिएको छ
बेसिन्दाको पहिरोले वेसिन्दाका गोवासिंह राई, राममान राई, जुद्ध बहादुर राई (गैरी), जुद्ध बहादुर राई (माने), नजमाया राई, हर्कराज राई, भिम बहादुर राई, सन्दीप राई, सुभधन राईको घर बगाएको छ । पहिरोले ५ घरका ११ जना बेपत्ता भएका छन् । पहिरोमा ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरु २१ वर्षीया एन्जीला राई (गर्भवती), ११ वर्षीया नम्रता राई बेपत्ता भएको प्रहरी प्रमुख मल्लले जानकारी दिए । यसैगरी जुद्धबहादुर राई (गैरी) की ६५ वर्षीया श्रीमती गोरी माया राई र छोरी २२ वर्षीया प्रकृति राई सम्र्पकमा छैनन् । अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई हालसम्म बेपत्ता छन् । त्यसैगरी ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई, उनकी श्रीमती ८२ वर्षीया आइतमाया राई बेपत्ता अझै रहेका छन् ।