इटहरीः टिभिएस मोटर कम्पनीले नयाँ स्टाइल, अत्याधुनिक सुविधाहरु र गज्जबको रेसिङ्ग क्षमता भएको अपाचे आर.टि.आर  200 ४ भि को नयाँ २०२० संस्करण सार्वजनिक गरेको छ ।
टिभिएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनीले अत्याधुनिक प्रविधिको, सुविधा सम्पन्न अपाचे आर.टि.आर  200 ४ भिको नयाँ २०२० संस्करण सार्वजनिक गरेको छ। नेपालमा टिभीएस् मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु, कम्पनीको नेपालस्थित् आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइवेट लिमिटेड (व्ःएी)ले भित्र्याउने गरेको छ । स्मार्ट सुविधाहरु भएकाले र साथै तत्कालिन अवस्थालाई मध्यनजर राख्दै डिजिटल नेसनल लन्च पछि ,रिजनल लन्च अन्तर्गत यो मोटरसाइकल आज पूर्वका शोरुममा सार्बजनिक गरियो ।
डिजिटल लन्च अन्तर्गत १ भाद्रमा लाईभ स्मार्ट लन्च कार्यक्रम, जगदम्बा मोटर्सको आधिकारिक युट्युब च्यानल, फेसबुकरईन्स्टाग्राम पेज संगै लगभग १०० भन्दा बढी अन्य लोकप्रिय युट्युब च्यानल र फेसबुकरईन्स्टाग्राम पेजमार्फत पनि प्रत्यक्ष प्रशारण जाने गरि गरिएको थियो । जसमा राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का नयाँ स्मार्ट अपाचे आर.टि.आर  200 ४ भि ए.बि.एस विथ स्मार्ट कनेक्ट अनावरण गर्नुभएको थियो। यसैगरि उक्त कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन बिभिन्न कलाकारहरु जस्तै स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राइले आफ्ना गीतहरुका साथ रमाइलो प्रस्तुति दिएका थिए ।
टि.भि.एस अपाचे आर.टि.आर  200 ४ भिको यो नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको छ । यस मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका छन् । जसले बाटोमा यात्रा गर्दा अरु मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने छ । साथै मोटरसाइकलमा ए.बि.एस विथ आर्.एल.पि (रियर व्हील लिफ्ट( अफ् प्रोटेक्सन), फेदर टच स्टार्ट, रेडिएल टायर, एल.इ.डि हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र उन्नत स्लिपर क्लच जस्ता सुविधा समेत रहेका छन् । जसकारण यो एउटा स्मार्ट र अनबिटेबल मोटर साइकलको रुपमा प्रस्तुत भएर आएको छ ।
यो अपाचे आर.टि.आर 200 ४ भिको नयाँ २०२० संस्करणमा १९७.७५ सिसि एकल सिलिण्डर, ४(स्ट्रोक, ४(भल्भ, ओएल कुल्ड इन्जिन मोटर रहेको छ जसले ८५०० आरपिएममा २०.५पिएस् र ७००० आरपिएममा १८.१ एनएम पावर उत्पादन गर्दछ । यो मोटरसाइकल दुइओटा मनमोहक रङ्गमास् सायीनिङ कालो र पर्ल सेतो रङ्गमा नेपालमा उपलब्ध हुने छ ।आफ्नो ३७ बर्षको गौरवान्वित रेसिङ्ग विरासतलाई बर्करार राख्दै टि.भि.एस् ले विश्वका ६० भन्दा ज्यादा मुलुकहरुमा झन्डै ३करोड ३५लाख ग्राहकलाई प्रविधि, शक्ति, सहजता र स्टायलको मामलामा आफ्ना यस अघिका बिभिन्न मोडल मार्फत सन्तुष्ट बनाउँदै आइरहेको छ। र त्यसैलाई निरन्तरता दिदै अनी अन्य मुलुकको सफलतालाई अंगाल्दै, नेपालमै पहिलो पटक, नेपालको िआधिकारिक बिक्रेता जगदम्बा मोटर्सले युवा वर्गको चाहनाको मध्यनजर गर्दै स्मार्ट कनेक्ट मोटर साइकल नेपालमा ल्याएको हो ।