खाँदबारी: संखुवासभामा आज देखि १० दिन सम्म लकडाउन गर्ने निर्णय भएको छ । मंगलबार बसेकोे जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको समितिको बैठकले आज राती १२ बजे देखि भदौ १२ गते सम्म लकडाउन गर्ने निर्णय गरेकोे हो । 

बैठकले अत्याबश्यक सबै सेवा बन्द गर्ने निणर्य गरेको छ । जिल्लामा हुने सम्पुर्ण भेला, सभा, जुलुस, गोष्ठी, तालिम सेमिनार माथि प्रतिबन्ध लगाएको छ भने दैनिक हुने नित्यपुजा बाहेकका सम्पुर्ण धार्मिक कार्य बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले बताए । साथै उक्त लकडाउन अवधिभर सम्पुर्ण होटल, रेस्टुराँ, शैलुन, व्युटीपार्लर पनि बन्द हुने प्रशासन कार्यालयले बताएको छ ।
सरकारी कार्यालय, सार्वजनिक संस्थाहरुले विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्ने र उपस्थिती भएरै सेवा प्रवाह गर्नुपर्ने भए भिडभाड नहुने गरि गर्नुपर्ने बैठकले निर्णय गरेको छ । अत्यावश्यक बाहेकका मात्र सवारी सञ्चालनगर्न पाईने भएको छ ।
त्यस्ते नियमको उल्लघंन गरे संक्रामक रोग ऐन, २०२० र अन्य प्रचलित कानुन बमोजिम कारबाही समेत गर्ने निर्णय भएको छ ।

पछिल्लो पटक संखुपासभामा एकै दिन ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संmमित हुनेमा जिल्ला प्रहरी कार्यालयका २२ बर्षीय पुरुष,धर्मदेवी नगरपालिका–४ का ४३ बर्षिय पुरुष र चैनपुर नगरपालिका–११ का २४ बर्षिय पुरुष रहेका छन् । उनीहरु तिनै जनालाई खाँदबारीमा रहेको आइसोलेसनामा राखिएको छ ।

 prees note 1