इटहरीः पूर्वी नेपालको धनकुटा, इलाम, पाँचथर लगायत पहाडी जिल्लामा उत्पादन भएका किबी फलबाट बनेको प्रिन्सेस वाइन बजारमा आउने भएको छ । लकडाउन अघि नै यो वाइन बजार आउने भएपनि विधिव कारणले आउन सकेको थिएन । अब भने वाइन निर्माता कम्पनी माउण्ट एभरेष्ट वाइनरी उद्योगले आफुले उत्पादन गरेको ‘प्रिन्सेस’वाइन लकडाउनकै बीच बजारमा लौजाने तयारी गरेको हो ।
केहि दिनमै नेपालको प्रमुख सहरहरुसँगै नेपाली बजारमा वाइन र्पुयाउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक विष्णु बास्तोलाले जानकारी दिएका छन् । पूर्वी पहाडी जिल्लामा उत्पादन भएको किबी फल सँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरिएको बास्तोलाले बताए । उनका अनुसार वाइन उत्पादनको काम सबै सकिएको र बजारमा लौजान मात्र बाँकी रहेको छ ।
उनले भने, लकडाउनको कारण हामीले उत्पादन गरेको वाईन बजारमा लौजान सकेको थिएनौ, हामी अब केहि दिनमै वाईन बजारमा लौजादै छौ ।’ युवाहरुलाई लक्षित गरि उत्पादन गरेको वाईन अन्य वाईन भन्दा फरक रहेको कम्पनीले बताएको छ ।
किबी र धनकुटामै उत्पादन भएको फलफूल बाट बनाइएको अर्गानिक प्रिन्सेस वाईनको पूर्वी नेपाल सँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रसम्म बजारीकरण तीब्र बनाईने कम्पनीले जनाएको छ । नेपालको प्रमुख शहरहरुमा व्यापार केन्द्रित गर्दै जापान सम्म लौजाने तयारीमा रहेको उनले बताए ।
धनकुटाको राजारानीमा माउण्ट एभरेष्ट वाइनरी उद्योग स्थापना भएसँगै स्थानीय कृषक लाभान्वित भएका छन । रातो र सेतो वाईन बजारमा लौजाने तयारी भएको कम्पनीका अध्यक्ष हरेराम साहले बताए ।
उनले भने, हाम्रो वाईन नेपाली युवा यवतीले मात्र नभई विदेशीले पनि मन पराउँछ ।’ पहाडी क्षेत्रमा उत्पादित सबै आर्गनिक फलफूललाई पहिलो प्राथमिकता दिएर उत्पादन गरेको वाईनको बजारमा लैजाने अन्तिम तयारी भएको कम्पनीले जनाएको छ ।