इटहरीः विद्यार्थीलाई यौन हिंसाको बारेमा जानकारी गराउने उद्देश्यले कस्तुरी कलेजसहित अन्य ८ विद्यालयका विद्यार्थी र प्रहरीबीच अन्तरक्रिया भएको छ ।

इटहरी जुनियर जेसीज र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा १ सय जनाभन्दा बढीसँग अन्तरक्रिया गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा जबरजस्ती करणी तथा यौनजन्य हिंसासम्बन्धी अपराधको नियन्त्रण र प्रभावकारी अनुसन्धानको लागि अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको फोटो । (1)