इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा मंगलवार सम्म ५ हजा ४६ जनाको स्वाव संकलन भएको छ । इटहरी ५ जनाता बहुमुखी क्याम्पसमा रहेको स्वाव संकलन केन्द्रका प्रमुख शिव कुमार झाका अनुसार मंगलवारसम्म ५ हजार ४६ जनाको स्वाव संकलन गरि परिक्षण गरिएको हो ।


५ हजार बढीको पीसीआर परिक्षण गर्दा ३ सय ५० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । मंगलवार ९हिजो० मात्रै इटहरीमा २० जनामा कोरोना पोजेटिभ देखिएको छ । भाद्र २६ र २७ गते स्वाव संकलन गरिएका मध्ये ८ महिने शिशु र ७० वर्षीय वृद्धा सहित २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।


स्वाव संकलन र पीसीआर परक्षणको दायरा बढेसँगै इटहरीमा कोरोना संक्रमितको दर पनि उल्लेख्य मात्रामा बढ्न थालेको छ । सुरुमा ८० देखि ९० जनाको पीसीआर परिक्षण गर्दा १÷२ जनाको रिपोर्ट पोजेटिभ आउने गरेको थियो तर अहिले १३० देखि १४० जनाको पीसीआर गर्दा न्युनतम १०÷१२ जनामा कोरोना पुष्टि हुने गरेको छ ।