इटहरीः मोरङको विराटनगरस्थित कोशी अञ्चल अस्पताललाई विराटनगर महानगरपालिकाले उपलब् ध गराएको आरएनए एक्स्ट्र्याक्सन मेसिन हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

व्यवसायीबाट चन्दा संकलन गरी ६३ लाखको लागतमा महानगरले दुई ओटा पीसीआर मेसिन प्रदान गरेकोमा आवश्यक सामग्रीको अभावका कारण एउटा मेसिन प्रयोगमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

उनका अनुसार अटोमेटिक मेसिनका लागि आवश्यक सामग्री आउन केही समय लाग्ने भएकाले हाल दुई ओटा म्यानुअल मेसिनबाट दैनिक करिब तीन सय जनाको स्वाब परिक्षण हुने गरेको छ । मेसिन प्रयोगमा नआउँदा दैनिक परीक्षण एक हजार पाँच सयबाट तीन सयम झरेपछि रिपोर्टका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेको छ ।