इटहरी :सुनसरी जिल्लाको सेउती खोलामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो पौने ४ बजे सेउती खोलामा को २ त ७६०४ नम्बरको ट्याक्टर अनियन्त्रित भई भएको दुर्घटनामा इन्जिनको भागले किचेर गम्भिर घाइते भएका ट्याक्टर चालक उमेश चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश एक प्रहरीका कार्यलय विराटनगरले दिएको जानकारी अनुसार मृत्यु भएका ट्याक्टर चालक चौधरी सुनसरी जिल्ला रामधुनि नगरपालिका वडा नम्बर ७ का हुन । इन्जिनले किचिएका चौधरीलाई उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा लगिएकोमा घोपामै मृत्यु भएको बताइएको छ । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलिले थप अनुसन्धान गरिरहेको बताइएको छ ।