धरान: सुनसरीको धरान उपमहानगरपालिकास्थित घण्टाघर परिसरमा सोमबार परिवर्तनका लागि सामाजिक अभियानको आयोजनामा चित्रकला कार्यशाला सम्पन्न भएको छ ।

पर्यटन प्रवद्र्धनको उद्देश्यले आयोजित कार्यशालामा धरान, इटहरी, विराटनगर, उर्लाबारी, बर्जु, झापाको काकडभिट्टा र धनकुटाका कलाकारहरुको उपस्थिति रहेको थियो । सो कार्यशालामा इटहरीबाट सहभागिता जनाएकी कलाकार यशोदा लम्सालले बनाएको चित्रले अधिकांश अवलोकनकर्ताहरुलाई आकर्षित गर्यो । उनले बनाएकी थिइन्, धरानका मेयर हर्क साम्पाङको मुहारचित्र । अधिकांश कलाकारहरुले विभिन्न मौलिक शैलीमा बनाएको धरानकै घण्टाघरको चित्रसमेत बनाएकी लम्सालले बनाएको मेयर साम्पाङको चित्र भने अन्यभन्दा पृथक देखिन्थ्यो ।

आयोजकले मेयर साम्पाङलाई पनि अवलोकनको लागि निम्ता गरेको भएपनि कार्यव्यस्तताका कारण उनी कार्यशालास्थलमा उपस्थित भने थिएनन् यद्यपि, उपमेयर अइन्द्रबिक्रम बेघा र निवर्तमान मेयर तिलक राईले चित्रकला कार्यशालाको अवलोकन गरेका थिए । उपमेयर बेघाले धरानलाई पर्यटन उद्योगबाट नै धरानको समृद्धि हुने भन्दै महत्वपुर्ण कार्यक्रम भएको बताए । आयोजक संस्थाका अध्यक्ष विष्णु बरालले पर्यटन प्रर्वद्धनको लागि कार्यशाला आयोजना गरिएको बताए । कलाकारहरुले तयार गरेको चित्रहरुलाई विभिन्न कार्यक्रमहरुमा प्रर्दशनी गरिने पनि उनले बताए ।

289039988_1952477215141759_7561731045903440500_n 1