इटहरीः तीजको अवसरमा विविध कार्यक्रम गर्दै आएको मोरङको सुन्दरहरैंचामा रहेको लालीगुराँस भजन कीर्तन समूहले सोमबार ममी डान्स प्रतियोगिता सम्पन्न गरेको छ ।

सो प्रतियोगितामा सुन्दरहरैंचाका विवाहित महिलाका १० समूहले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा सुन्दरहरैंचा– ९ की गीता पौडेलको समूह पहिलो भएको थियो ।

सुन्दरहरैंचा–११ की निरु बजगाईंको समूह दोस्रो भएको थियो । सुन्दरहरैंचा –११ कै कोपिला घिमिरेले तेस्रो पुरस्कार हात पारिन् । प्रतियोगिताका विजयी प्रतियोगीलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिलगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको निर्णायकमा राजन लुइँटेल र निरा न्यौपाने रहेका थिए । कार्यक्रमको सञ्चालन निराजन धमला र सिर्जना आचार्यले गरेका थिए ।

सोही कार्यक्रममा सो समूहले ज्येष्ठ नागरिक महेश्वरा अधिकारी तथा अपाङ्गताको क्षेत्रमा क्रियाशील पार्वता गुरागाईँलाई सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा सुन्दरहरैंचाको वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले दोसल्ला ओढाएर तथा नगद प्रदान गरेर सम्मान गरेका थिए ।

mummy dance goth gau  (5)

 

mummy dance goth gau  (6) mummy dance goth gau  (18)mummy dance goth gau  (1) mummy dance goth gau  (2) mummy dance goth gau  (3) mummy dance goth gau  (4) mummy dance goth gau  (8) mummy dance goth gau  (10) mummy dance goth gau  (12) mummy dance goth gau  (13) mummy dance goth gau  (14) mummy dance goth gau  (15) mummy dance goth gau  (17) mummy dance goth gau  (20) mummy dance goth gau  (7) mummy dance goth gau  (19)

mummy dance goth gau  (21)