भोजपुर :भारतबाट आएको ५ जनालाई मध्ये कोरोना पुष्टि भएपछि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने भएको छ ।
होल्डिङ एरिया अरुण गाउँपालिकाको जरायोटारमा रहेका षडानन्द नगरपालिका ८ र १२ वडाका १७, १९, २९, ३० र ३२ वर्षका ५ जनालाई कोरोना देखिएपछि भोली शनिबार धरान पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी वशन्तराज पुरीले बताए । प्रमुख जिल्ला अधिकारी पुरीले भने, ‘धरानसम्म लैजानका लागि जिल्लामा रहेका एम्बुलेन्स खोज्यौ, आज पठाउन सक्ने अवस्था भएन भोली हामी पठाउँछौ ।’
रोजगारीको सिलसिलामा भारत गएको र उनीहरुलाई गत १३ गते रुपन्देहीको सुनौली नाका हुदै सीधै होल्डीङ्ग एरिया जरायोटार ल्याइएको थियो । संखुवासभाका २ जनामा कोरोना पुष्टि भएकाहरुसंगै आएका उनीहरुको १८ गते स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
यसअघि, भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसगै भोजपुरमा संक्रमितको संख्या ६ पुगेको छ ।
यसैबीच, पौवादुङमा गाउँपालिकामा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ देखिएका २२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख फडिन्द्र थापाले बताए ।

यो पनि: भारतबाट भोजपुर आएका ५ जनामा कोरोना संक्रमण पुष्टि