इटहरी :सुनसरीमा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा भोक्राहा नरसिहं गाउँपालिकाका २४ र ३५ वर्षका पुरुष तथा ३८ र ४५ वर्षकी महिला छन् । अर्का धरानका ३० वर्षीय पुरुष हुन् । प्रादेशिक अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । शनिवार थपिएका ५ जना सँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ पुगेको छ ।

यस्तै आज मोरङमा थप २ जना कोरोना संक्रमित थपिए छन् । उनीहरु सुनबर्षी नगरपालिका र बुढीगंगा गाउँपालिकाका रहेका छन् । हाल प्रदेश एकमा संक्रमितको संख्या २४९ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ९० रहेको छ ।