काठमाडौं – प्रतितोला ९६ हजार ८ सयको दर कारोबार भइरहेको सुनको मुल्यमा ३ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९६ हजार ८ सयमा कारोबार भइरहेको सुनको मुल्य ३ सय घटेर शुक्रबार ९६ हजार ३ सय कायम भएको छ ।
चाँदीको मूल्यमा पनि १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।