इटहरी साताको पहिलो दिन आइतबार ९७ हजार प्रति तोलका दर कारेबार भइरहेको सुनको मूल्यमा पुनः वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा प्रति तोला २ सय ले वृद्धि भएको हो ।

महासंघका अनुसार सोमबार सुन प्रति तोला ९७ हजार २ सय र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 यसैगरी चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।