ईटहरीः साताको पहिलो दिन सुनको भाउमा गिह्रावट् आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मुल्यमा ६ सय रुपौंयाले गिह्रावट् आएको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ६ सय रुपैयाँले सस्तो बनेर ९३ हजार ३ सयमा झरेको छ भने तेजाबी सुन पनि ६ सयले नै सस्तो बनेर प्रतितोला ९२ हजार ८ सयमा पुगेको छ ।

त्यस्तै चाँदी पनि तोलाको १० रुपैयाँ सस्तो बनेर प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ ।