इटहरीः प्रदेश १ मा पहिलो पटक इटहरीमा विश्वकै १ नम्बर स्मार्ट विद्युतीय टुनाल ब्राण्डका स्कुटरको स्वोरुम खुलेको छ । पाथिभरा ट्रेडिङ इटहरीले टुनालको शाखा इटहरीमा ल्याएको हो । सो स्वोरुमको आज उद्योग बाणिज्य संघ इटहरीका सभापती भिम पौडेलले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा भोल्दै सभापती पौडेलले नेपालमा १२ सय मेगावट विद्युत् उत्पादन हुने गरेकोमा ९ सय मेगावट मात्रै खपत हुने गरेको स्मरण गराउँदै विद्युतीय स्कुटरको प्रयोगले पेट्रोलको खपतमा कमि आउने र विद्युतको खपत बढ्ने बताए । साथै उहाँले स्कुटरको प्रयोगले बातावरणलाई पनि प्रभाव कम पर्ने भएकाले इटहरीमा यसको शाखा खुलेकोमा खुशी व्यक्त गरे ।


यस्तै सोरुमका संचालकले बातावरण मैत्री भएकाले यो स्कुटर प्रयोग गर्नु फाइदाजनका भएको बताएका छन् । साथै उनले बजारमा आएका अन्य गाडिको तुलनामा टुनालको स्कुटको खर्च कम भएको जानकारी दिएका छन् ।

opening 1