इटहरीः झापामा बरामद भएका ठूलो परिमाणको अवैध पटाका प्रहरीले आज नष्ट गरेको छ ।
भारतबाट चोरी पैठारी गरिएका २० लाख मूल्य बराबरका पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद भएका सबै पटाका सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको प्रहरीको भनाइ छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले नेपाल भारत सीमा नाका बन्द गरेको छ । यसका बाबजुद तिहार नजिकिएसँगै भारतीय बजारबाट पटाकाको तस्करी रोकिन सकेको छैन । प्रहरीले विशेष अभियान सञ्चालन गरी पटाका तस्करी नियन्त्रण गर्ने प्रयास थालेका कारण अवैध पटाका बरामद हुने क्रम भने बढेको छ ।