इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ९ स्थित गोल्डेन चौकमा रहेको राइन फर्निचर उद्योगभित्र जुवा खेल्ने क्रममा सात जना जुवाडे पक्राउ परेका छन् ।

IMG_20201112_163652

पक्राउ पर्नेहरुमा इटहरी १३ बस्ने ६० वर्षीय मझेफर तसन मियाँ, सुनसरीकै दुहबी ९ बस्ने ३४ वर्षीय मोहम्मद सामुदिन आलम, दुहबी ८ बस्ने २६ वर्षीय हासिम हुसेन, दुहबी ९ बस्ने ३८ वर्षीय नैमुदिन मियाँ, दुहबी ८ बस्ने ४२ वर्षीय नुर मोहम्मद,दुहबी ९ बस्ने ३७ वर्षीय महमद मिया र सुनसरीकै इनरुवा ७ बस्ने ५० वर्षीय महमद इनुस रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कटुवालले बताए ।

उनका अनुसार कार्यालयको प्रहरी टोलीद्वारा बुधबार दिउँसो ४ बजे पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले एक लाख ४१ हजार सात सय २५ रुपैयाँ नगदसहित दुई ४८ हजार रुपैयाँ बराबरका विभिन्न बैँकको नाममा रहेका चेक र एक सय ६० थान तास बरामद गरेको थियो । पक्राउ परेका सबै अभियुक्तहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत् म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक कटुवालले बताए ।