इटहरीःसप्तरीको कञ्चनरुप नगरपालिकास्थित इलाका प्रहरी कार्यालयले सामूहिक बलात्कारमा संलग्न एक जना अभियुक्तलाई हिजो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका ४ बस्ने सोविन्द्र राम रहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । उनका अनुसार अभियुक्त रामले गत कात्तिक २० गते शौच गर्न गएकी ३५ वर्षीया महिलालाई जबर्जस्ति बाँसको झ्याङमा लगी करणी गरेका थिए ।

यसैगरी, गत कात्तिक २३ गते १९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका ४ गंगापुरका २२ वर्षीय भूपेन्द्र सरदारविरुद्ध पीडित किशोरीले जबर्जस्ति करणी अभियोगमा जाहेरी दर्ता गराएकी छन् । जाहेरी दर्ता भएलगत्तै अभियुक्तको खोजी कार्यमा जुटेको प्रहरीको भनाइ छ ।