इटहरीः पाँचथरको भारतीय सीमावर्ति क्षेत्रमा पर्ने याङ्वरक गाउँपालिका १ स्थित लाम पोखरीमा गत शुक्रबार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । सीमा क्षेत्रमा हुने वन्यजन्तु, जडिबुटी, वन पैदावर चोरी निकासी, सीमा स्तम्भ भत्काउने र गायव गर्नेजस्ता आपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको तोरीफूले बीओपी स्थापना गरिएको हो ।

गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेका अनुसार होमस्टे सञ्चालनका लागि निर्मित भवनलाई १५ लाख रुपैयाँको लागतमा अस्थायी बोर्डर आउट पोष्टमा रुपान्तरण गरिएको हो । यस आर्थिक वर्ष २०७७र७८ भित्र देशभर दुई सय २१ ओटा बीओपी स्थापनाको सरकारी लक्ष्य अनुसार यस क्षेत्रमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर एक बराह वाहिनी इटहरीका सहायक वाहिनीपति कमल गिरीले बताए । उनका अनुसार यसका साथै हालसम्म देशभर एक सय ८५ ओटा बीओपी स्थापना भई सञ्चालनमा आएको छ ।