इटहरीः मोरङको विराटनगरमा हिजो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा विराटनगर ५ घर भएका मोटरसाइकल चालक २६ वर्षीय घनश्याम कामत रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका चालक कामतसहित पछााडि सवार सोही ठाउँ घर भएका २० वर्षीय राजेश कामत र ४ वर्षीय बालक सोनु कामतलाई उपचारार्थ विराटनगरकै न्युरो अस्पताल पठाइएकोमा चालक कामतको उपचारका क्रममा ज्यान गएको हो ।
अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । मृतक कामतले चलाएको को १८ प ४८३१ नम्बरको मोटरसाइकल विराटनगर ५ मा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।