इटहरीः मोरङको लेटाङ नगरपालिका २ स्थित जाँतेमा जुवाको खालबाट दुई लाख नगदसहित सात जना प्रहरीद्वारा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा लेटाङ–९, जाँतेका ४५ वर्षीय दधिराम पौडेल, २५ वर्षीय निर्मल मगर, ३१ वर्षीय रञ्जीत गजमेर, ५२ वर्षीय नरध्वज खड्का, ३२ वर्षीय चन्द्रबहादुर गौतम, २९ वर्षीय सिरीकुमार पुलामी मगर र तेह्रथुम मेन्सायोङ गापा–३ का यमकुमार शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए ।
उनका अनुसार आज बिहान २ बजे जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले श्वेता मगरको घरबाट पक्राउ गरेको हो । अभियुक्तहरुका साथबाट प्रहरीले दुई लाख रुपैयाँ नगदका साथै एक सेट कौडा, ६ बुक तास र १६ थान मोबाइलसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक राईको भनाइ छ ।