इटहरीः मोरङ प्रहरीले बलात्कार मुद्दाका एक जना फरार अभियुक्तलाई घटना भएको ६ महिनापछि आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–५ घर भएका २४ वर्षीय विशाल सोनार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार जिल्लाको रंगेली नगरपालिकास्थित मधुवनीबाट अभियुक्त ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त ठाकुरले गत साउन १ गते मोरङको कटहरी गाउँपालिका ३ स्थित खयरवना टोलको भित्रि सडकमा २३ वर्षीया युवतिलाई बलात्कार गरेको उजुरी दर्ता भएको उनले बताए । नायब उपरीक्षक राईका अनुसार जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीविरुद्द जबर्जस्ति करणी मुद्दा दायर गर्ने प्रहरीको तयारी छ ।