इटहरीः मोरङको उर्लाबारी नगरपालिका ३ स्थित चन्दने चौकमा धान थ्रेस गर्नका लागि चलाइएको थ्रेसरमा हिजो भएको आगलागीबाट १५ लाख रुपैयाँको क्षति भएको छ ।
आगलागीबाट स्थानीय हरि गड्तौलाको ट्याक्टर र थ्रेसर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागीमा परी आठ कठ्ठा क्षेत्रफलमा लगाइएको धानको परालसमेत जलेर नष्ट भएको कार्यालयको भनाइ छ ।
हिजो दिउँसोको समयमा थ्रेस गर्ने क्रममा अचानक आगलागी भएको बताउँदै प्रहरीले आगलागीको कारण प्रष्ट हुन नसकेको बताएको छ ।