इटहरीः झापा जिल्ला अदालतले गत १५ गते आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका १ घर भएका ६४ वर्षीय भिमबहादुर भण्डारीलाई हिजो पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

गत असोज १२ गते भण्डारीकी श्रीमति मनमाया आफ्नै घरमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन् । शवको पोष्टमार्टम रिपोर्ट तथा साक्षीको बयानका आधारमा हत्या भएको दिन घरमै रहेको प्रमाणित भएपछि प्रहरीले भण्डारीलाई पक्राउ गरी भोलिपल्ट अर्थात् असोज १६ गते अदालतमा पेस गरेको थियो ।

अदालतबाट म्याद लिई हत्या अभियोगमा अनुसन्धान अगाडि बढाएको प्रहरीले बिहीबारको सुनुवाइपछि अदालतले जारी गरेको आदेश बमोजिम भण्डारीलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।