इटहरीः गत जेठ ५ गते राति अचेत अवस्थामा धनकुटामा रहेको आर्मी व्यारेकमा फेला परेका हवलदार मेजर पशुराम भट्टराईको हत्या भएको परिवारले आरोप लगाएका छन् । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ स्थायी घर भएका पशुरामको मृत्यु बारे परिवारले आसंका व्यक्त गरेका हुन् । ५ गते अचेत अवस्थामा फेला परेको र ६ गते विराट नगर शल्यक्रिया गर्न लाग्दा मात्र आफूह?लाई जानकारी गरएको भन्दै परिवारले आपत्ति जनाएका छन् ।

 मृतक पशुरामकी श्रीमतीले आफ्नो श्रीमानको मृत्यु नभइ हत्या भएको भनेकि छिन् । ‘मेरो श्रीमानको हत्या नै भएको हो । आर्मीको व्यारेकमा रक्सि खाएर लडेको भन्ने कुरा गलत हो । उहाँलाई सबैले मिलेर मारेका हुन् । लडेको मान्छेलाई कसैले एक दिनसम्म ओछ्यानमा राख्छ । त्यति मात्र होइन् उनिह?ले हामीलाई भोलिपल्ट मात्र जानकारी गराए त्यो पनि विराट हस्पीटलमा शल्यक्रिया गर्न लाग्दा । यो सरासर हत्या गरेर लुकाउने काम भएको हो’, उनले भनिन् ।

 उनले धनकुटामा रहेको जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिँदा लिन नमानेकाले घटनाबारे थप संका उत्पन्न भएको बताइन् । ‘हामीले पहिला त लास नै बुझ्न मानेनौ । पेन्सननै नदिने धम्कि दिएपछि हामीले सव बुझेका हौँ । त्यति भएपछि हामीले हत्या भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिन जाँदा लिन मानेन् । आर्मीले पनि यो घटना ढाकछोप गर्ने काम गरेको छ’, उनले भनिन् । उनले जेठ ५ गते मृत्यु भएका आफ्ना श्रीमानको हत्या भएको र आसंका लागेका माथि छानविन नहुँदा अन्यायमा परेको गुनासो गरिन् ।

 विराट नर्सिङको रिपोर्टमा मादकपदार्थ सेवन गरेको देखिएन्

 सो घटनामा प्रत्यक्ष ?पमा संलग्न रहेकाह?सँग नेपाली सेनाले सोधपुछ गरेर एउटा मुचुल्का तयार पार्यो । त्यो मुचुल्कामा घटनामा संलग्नह?ले राति मादकपदार्थ सेवन गरेर अचेत अवस्थामा आफूह?ले फेला परेको बताएका छन् । उनिह?ले माथिबाट झरेको अवस्थामा फेला परेको बताएका छन् । तर मोरङको बुढीगंगामा रहेको विराट नर्सिङमा परिक्षण गर्दा पशुरामले मादक पदार्थ सेवन नै नगरेको पाइयो ।