इटहरीः मोरङको रतुवामाई नगरपालिका ८ बाट प्रहरीले गएराति जुवाको खालबाट १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका ७ घर भएका ४७ वर्षीय डिल्लीराम चौलागाईँ, सोही ठाउँ घर भएका ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देवीप्रसाद प्रसाई, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाई, ४० वर्षीय नारायण चुडाल, सोही नगरपालिकाको वडा नम्बर ८ घर भएका ४४ वर्षीय सन्तबहादुर राई, ३५ वर्षीय सागर गडतौला, ४५ वर्षीय दिपक ढुङगाना, ४५ वर्षीय देवराज घिमिरे, ३८ वर्षीय अशोक भट्टराई, ३९ वर्षीय राजन हस्ता सतार, ४५ वर्षीय गोपी पराजुली, ३६ वर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका ७ घर भएका २२ वर्षीय गणेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयको टोलीले गएराति ११ः३० बजे सागर गड्तौलाको घरमा जुवा खेलिरहेका अभियुक्तहरुलाई रङ्गेहात नियन्त्रणमा लिएको हो । अभियुक्तहरुका साथबाट प्रहरीले एक लाख ६९ हजार ६ सय ९५ रुपैयाँका नगदका साथै १६ थान मोबाइल सेट, जुवा खेल्न प्रयोग गरिएको एक बुङ तास तथा १६ थान कौडा बरामद गरेको प्रवक्ता राइले जानकारी दिए । यस्तै घटनास्थलमा फेला परेको १९ ओटा माोटरसाइकल र दुई ओटा कारसमेत प्रहरीले बरामद गरेको उनको भनाइ छ । पक्राउ परेका अभियुक्तहरुलाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।