इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयको कार्यसम्पादनमा नयाँ नेतृत्वको सकारात्मक प्रभाव परेको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसी कार्यालय प्रम्ुखका रुपमा बहाल भएयता विभिन्न गम्भीर आपराधिक कसुरका मामिला टुङ्गोमा पुगेको छ । कसुरमा संलग्न ६७ जना अभियुक्तलाई कानूनको कठघरामा उभ्याउन केसीको नेतृत्व प्रभावकारी देखिएको छ ।
केसीको नेतृत्वमा भएको अनुसन्धानपछि लागूऔषध दुरुपयोग अभियोगमा तीन जना, चोरी मुद्दामा दुई जना महिलासहित २२ जना, भन्सार छलीमा तीन जना, अवैध मदिराको कारोबार गर्ने एक जना, बालुवा तस्करीमा संलग्न तीन जना, पटकाको कारोबारमा संलग्न एकजना महिलासहित नौ जना, जुवा मुद्दामा २५जना र इमोमार्फत् ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । केसीको नेतृत्वमा प्रहरीले पक्राउ गरेका लागूऔषध मुद्दाका अभियुक्तहरुमा इटहरी ५का २३ वर्षीय सुजन कार्की ढोली, हरिनगर गाउँपालिका ६का २९वर्षीय जीवराइल अन्सारी र इटहरी ५ जनता बस्तीका २३ वर्षीय प्रबिण राई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
नौ लाख २७ हजार ६ सय रुपैयाँ राजश्व छली गरेको आरोपमा तीन जना अभियुक्तलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै अवैध मदिराको कारोबारमा संलग्न एक जनालाई आठ सय ८१ लिटर मदिरासहित प्रहरीले गिरफ्तार गरेको थियो । सो क्रममा प्रहरीले ३५ हजार पाँच सय रुपेयाँ मूल्यका मदिरा नष्ट गर्यो । मोबाइल चोरीमा संलग्न मोरङको सुन्दरहरैँचा नगरपालिका ६ घर भएका २८ वर्षीय दीपक विश्वकर्मा चोरी गरिएका हुवावे र जियोनी मोबाइलसहित प्रहरीको नियन्त्रणमा आएका छन् ।
मोटरसाइकल चोरीको आरोपमा इटहरी ६ घर भएका आशिक चौधरीलाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ । इटहरीकै बरगर हाउसमा चोेरी भएको उजुरीपछि प्रहरीले चोरीमा संलग्न ६ जना नाबालिगसहित दुई जना महिला गरी आठ जनालाई पक्राउ गर्यो । पक्राउ पर्ने महिलाहरुमा सुनसरीको इनरुवा नगरपालिका ३ घर भएकी ३० वर्षीया आशा परियार र मोरङको विराटनगर महानगरपालिका १ घर भएकी २५ वर्षीया निलम परियार रहेको प्रहरी अभिलेखबाट देखिएको छ । यस्तै बिभिन्न कम्पनीका १६थान ब्याट्र«ीहरु चोर्ने र चोरीको ब्याट्र«ी किन्ने इटहरी ५का २० वर्षीय राज भन्ने लोकबहादुर विश्वकर्मा, इटहरी ७ का २७ वर्षीय श्यामलाल धामी र भारतको बंगाल बस्ने ४० वर्षीय कुतुबुदिन मियाँलाई समेत प्रहरीले पक्राउ गरेको छ । त्यस्तै इटहरीस्थित एक हार्डवेयरबाट नगद ७४ हजार चोर्ने इटहरी ४ का २१ वर्षीय सुरज महली चोरीको नगद ४२ हजार ७ सयसहित पक्राउ परे ।
यस्तै इटहरी ६ स्थित रिजाल भिजन नजिकैबाट को २४ प ७५९६ नम्बरको मोटरसाइकल चोरी गर्ने क्रममा सुनसरीको हरीनगर गाउँपालिका ३ का मनोज मेहता र सुरज मेहतालाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिन सफल भयो । यसका साथै मोटरसाइकल चोरीकै अभियोगमा इटहरी ४ का २१ वर्षीय विकास भुजेल र सोही ठाउँ बस्ने १९ वर्षीय विवेक अधिकारी पक्राउ परेकोमा उनीहरुका साथबाट प्रहरीले को १८ प ८५३६ र को ७ प ९६२५ नम्बरको मोटरसाइकलसमेत बरामद गर्यो ।
यस्तै इटहरी उपमहानगरपालिकाका कर्मचारी पुष्प चौधरीको बा ९ च ३४०३ नम्बरको कार एवं तीनवटा मोबाइल र एउटा ल्यापटप चोर्ने इटहरी १३ खनार बस्ने २० वर्षीय प्रदीप चौधरी तथा अभियुक्तलाई संरक्षण गर्ने १९ वर्षीय अविनाश सरदार र चोरी भएको सोही मोबाइल खरिदमा संलग्न इटहरी १३ खनारका १९ वर्षीय नरेश सरदार र २० वर्षीय सञ्जय सरदारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बालुवा तस्करीमा संलग्न तीन जनालाई ढुङ्गा लोड गरिएका ७ वटा ट्याक्टरसहित प्रहरीले पक्राउ गरेकोमा ३५ हजार जरिवाना असुल गरी उनीहरुलाई रिहा गरिएको छ । त्यसैगरी विभिन्न मितिमा पटाकासहित सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुरका २७ वर्षीय समिर मियाँ, सोही ठाउँका १९ वर्षीय आलम मियाँ, इटहरी ११ का २५ वर्षीय प्यारचन्द्र चौधरी, इटहरी १७ का २३ वर्षीय गणेश चौधरी, इटहरी ८ का २० वर्षीय ताहिर मियाँ, इटहरी १२ की ३२ वर्षीया शान्ताकुमारी चौधरी, सुनसरीको हरिनगर गाउँपालिका २ का २० बर्षीय दिनेश राम, इनरुवा नगरपालिका ९ का २२ वर्षीय सद्धाम अन्सारी र पटाका ओसारपसारमा संलग्न अटो चालक इटहरी १३ खनारका ३० वर्षीय रञ्जित सरदारलाई समेत प्रहरीले नियन्त्रण्मा लिएको छ ।
यस्तै विभिन्न मितिमा जुवा खेलिरहेका २५ जना ४ लाख ७१ हजार ३ सय ८० रुपैँया नगदसहित पक्राउ परे । उनीहरुबाट केही थान चेक पनि प्रहरीले बरामद गरेको थियो । इमोमार्फत् लट्री परेको भन्दै सर्वसाधारणसँग पैसा असुली गरेको अभियोगमा इटहरी प्रहरीले सिरहाको सिरहा नगरपालिका १२ घर भएका २४ अरविन्दकुमार कामतीलाई पक्राउ गरेको छ । यसैगरी बैंकिङ कसूर मुद्दामा २०लाख जरिवाना र १५ दिन जेल सजाय तोकिएका इटहरी ८का ४२ बर्षीय सरोज बुढाथोकी असोज २४ गते पक्राउ परे ।
त्यसैगरी सामूहिक बलात्कारमा संलग्न रही १० वर्ष जेल सजाय तोकिएका इटही ५का ३६ वर्षीय सुमन चौधरीलाई गत कात्तिक १६ गते पक्राउ प्रहरीले पक्राउ गरेको छ । यस्तै लागुऔषध मुद्दामा २ महिना कैद र २ हजार रुपैँया जरिवाना तोकिएका इटहरी २०का ३५ वर्षीय सुरेन्द्र लिम्बूलाई मंसिर २ गते पक्राउ गरिएको छ । त्यस्तै बैंकिङ कसूर मुद्दामा ५दिन कैद र १६ हजार ५सय जरिवाना तोकिएका इटहरी २का ३२ बर्षीय संजयकुमार साह मंसिर ३ गते पक्राउ परेका छन् ।
यसैगरी लागुऔषध मुद्दामा १ लाख जरिवाना तोकिएका इटहरी १९का ३५ बर्षीय निर्मल लिम्बू मंसिर ४ गते र वैदेशिक रोजगारसम्बन्धि कसूरमा १ वर्ष ६ महिना कैद तथा १५ हजार रुपैँया जरिवाना तोकिएका इटहरी २० का ३३ वर्षीय रुपक थापालाई इटहरी प्रहरीको सक्रियतामा मंसिर ३ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।