इटहरीः झापाको कमल गाउँपालिका ६ बाट प्रहरीले आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ घर भएका ४७ वर्षीय चुडामणि भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।कार्यालयका अनुसार अभियुक्त भण्डारीउपर आफ्नी ३९ वर्षीया श्रीमति टीकादेवी पौडेलको हत्या गरेको आरोप छ । अभियुक्त भण्डारीले खेतमा काम गरिरहेकी श्रीमति र दमक नगरपालिका २ घर भएका प्रकाशचन्द्र दाहाललाई एकैसाथ खुकुरी प्रहार गरेकोमा श्रीमति पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनामा घाइते भएका दाहाललाई उपचारार्थ दमकस्थित एड्भान्स अस्पताल पठाई अभियुक्त भण्डारीलाई हिरासतमा लिएको जनाउँदै प्रहरीले उनीमाथि कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाउने तयारी भएको उल्लेख गरेको छ ।